Kathmandu Press

प्रचण्डकाे निर्वाचन क्षेत्र माडीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

चितवन, जेठ ३ : नेकपा माअाेवादीका अध्यक्ष प्रचण्डकाे निर्वाचन क्षेत्र माडी नगरपालिकाको प्रमुखमा एमालेकी ताराकुमारी काजी महतो विजयी भएका छन। महतोले नौ हजार...
प्रचण्डकाे निर्वाचन क्षेत्र माडीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

चितवन, जेठ ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे निर्वाचन क्षेत्र माडी नगरपालिकाको प्रमुखमा एमालेकी ताराकुमारी काजी महतो विजयी भएका छन। महतोले नौ हजार ९०१ मत ल्याएकी छन। उनले माओवादी केन्द्रका ऋषि काफ्लेले सात हजार ७२९ मत प्राप्त गरेका थिए। ताराकुमारी विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार हजार ६९० मतका साथ उपप्रमुखमा निर्वाचित भएकी थिइन।

उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतो निर्वाचित भएका छन। उनले आफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेललाई एक हजार ६९०  मतका अन्तरले निर्वाचित भएका हुन। उनले ६ हजार ८३० मत प्राप्त गर्दा राप्रपाका पौडेलले पाँच हजार १४० मत प्राप्त गरे। उपप्रमुखमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याए। महतो यसअघिको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा प्रमुख पदमा झिनो मतले पराजित भएका थिए।

एमालेले सो पालिकामा एक वडाध्यक्षसहित प्रमुख र कांग्रेसले उपप्रमुख मात्र जित्न सफल भएको छ। वडाहरुमा माओवादी केन्द्रले चारवटा, नेकपा समाजवादीले दुईवटा र राप्रपाले दुई वटामा विजयी हासिल गरेका छन्। माडीमा २० हजार ४९६ मत खसेको थियो।

प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्