Kathmandu Press

धादिङको धुनिबेंसीमा एकीकृत समाजवादीका आचार्य विजयी

काठमाडाैं, जेठ ३ : धादिङको धुनिबेंसी नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्।उनका प्रतिद्वन्द्वी एमालेका राजाराम पाण्डेले ६ हजार ५...
धादिङको धुनिबेंसीमा एकीकृत समाजवादीका आचार्य विजयी

काठमाडाैं, जेठ ३ : धादिङको धुनिबेंसी नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी एमालेका राजाराम पाण्डेले ६ हजार ५ सय ९२ मत ल्याएका छन्। उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्।

यस्तै उपमेयरमा कांग्रेसका सुरज उप्रेतीले ८ हजार ३ सय ८७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४ सय ७० मत ल्याएर पराजित भएकी छन्।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तालमेलमा आचार्यले मेयर जितेका हुन्।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्