धनुषाको विदेह मेयर र उपमेयरमा एमाले विजयी
जनकपुरधाम, जेठ ३ : धनुषाको विदेह नगरपालिकाका मेयर र उपमेयरमा एमालेले बाजी मारेको छ।एमालेका बेचन दास ४ हजार ४ सय १२ मत प्राप्त...
जनकपुरधाम, जेठ ३ : धनुषाको विदेह नगरपालिकाका मेयर र उपमेयरमा एमालेले बाजी मारेको छ।
एमालेका बेचन दास ४ हजार ४ सय १२ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोविन्दकुमार साहले १ हजार ६ सय ४३ मत ल्याए।
तेस्रो स्थानमा रहेका कांग्रेसका योगेन्द्र प्रसाद यादवले १ हजार ६ सय १३ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा पनि एमालेकै आशा झा ४ हजार ६ सय ५९ मत ल्याएर निर्वाचित भएकी छन्।उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी सञ्जना अधिकारीले २ हजार ८ सय ७० मत पाइन्। कांग्रेसकी सीमाकुमारी महतोले २ हजार ७ सय ८६ मत ल्याइन् ।
प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











