Kathmandu Press

टि–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित

काठमाडाैं, जेठ ३ : पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपाली महिला क्रिकेट टिमले लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा...
टि–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित

काठमाडाैं, जेठ ३ : पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपाली महिला क्रिकेट टिमले लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो।

योसँगै ५ खेलको सिरिजमा युगान्डाले घरेलु टोली नेपालविरुद्ध २–०को अग्रता लिएको छ। सोमबार भएको सिरिजको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो।

टियु मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १०२ रनको लक्ष्य युगान्डाले १९.५ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो। युगान्डाका लागि रिता मुसामलीले सर्वार्धिक ३० रन बनाउँदा फ्रङ्क्लिन नजुम्बाले १९  र जानेत एमबाबाजीले १६ रनको योगदान दिइन्।

नेपालका लागि कविता कुँवर र सबनम राईले समान २ विकेट लिए भने कप्तान रुविना क्षेत्री र सीता रानामगरले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०१ रन बनायो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन बनाइन् भने सरिता मगर २२ र कप्तान रुविनाले १७ रन बनाइन्।

युगान्डाका लागि जानेत एमबाबाजीले २ तथा इभेलेन एनपियो, कोन्की अवेको, रिता मुसामालीले समान एक विकेट लिए।

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्