Kathmandu Press

बर्दगोरिया अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी विजयी

कैलाली, जेठ ३ : कैलालीको बर्दगोरिया गाउँपालिकामा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन्।कुँवरले गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित...
बर्दगोरिया अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी विजयी

कैलाली, जेठ ३ : कैलालीको बर्दगोरिया गाउँपालिकामा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन्।

कुँवरले गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै विजयी भएका हुन्।

कुँवरले ५ हजार ८४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कठरियाले ४ हजार १८६ मत ल्याएका छन्। 

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गणेश राज गिरी निर्वाचित भएका छन्। गिरीले एमालेकी इन्दु कठरियालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन्।

गिरीले ४ हजार ५६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दुले चार हजार २५५ मत ल्याएकी छन्।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्