Kathmandu Press

रिब्दीकोटमा माओवादीका कार्की र कांग्रेसकी अधिकारी विजयी

पाल्पा, जेठ ३ : पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणबहादुर कार्की पाँच हजार ७०४ मत सहित विजयी भएका छन्।उनका प्रतिस्पर्धी एमालेका...
रिब्दीकोटमा माओवादीका कार्की र कांग्रेसकी अधिकारी विजयी

पाल्पा, जेठ ३ : पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणबहादुर कार्की पाँच हजार ७०४ मत सहित विजयी भएका छन्।

उनका प्रतिस्पर्धी एमालेका निवर्तमान गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चार हजार ७२६ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारीले पाँच हजार ४७९ मत ल्याएर निर्वाचित भएका छन्। अधिकारीको प्रतिस्पर्धी एमालेकी लक्ष्मी खनालले चार हजार ९२६ मत प्राप्त गरेका छन्। 

यस पालिकामा २०७४ को निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो। यहाँ १६ हजार ३९५ मतदाता रहेकोमा गत वैशाख ३० गते भएको निर्वाचनमा ११ हजार २५९ मत खसेको थियो। 

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्