Kathmandu Press

प्रतिनिधिसभा बैठकमा आठ अध्यादेश पेश

काठमाडौं, जेठ १ : प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी...
प्रतिनिधिसभा बैठकमा आठ अध्यादेश पेश

काठमाडौं, जेठ १ : प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८,’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ पेश गरे। 

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’ पेश गरे । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले, ‘रेल्वे अध्यादेश, २०७८’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ एवं ‘यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेश गरे। 

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्