Kathmandu Press

प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत

काठमाडाैं, जेठ ३ : प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ।प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल (गौतम) ले प्रस्तुत गरेको उक्त...
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत

काठमाडाैं, जेठ ३ : प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल (गौतम) ले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो।

उक्त नियम निलम्बनको प्रस्तावलाई सांसदहरु देवप्रसाद गुरुङ र जीवनप्रेम श्रेष्ठले समर्थन जनाएका थिए।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १४२ को उपनियम (४) मा राजस्व व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिन अगावै बजेट तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरिनुपर्ने प्रावधान छ।

स्थानीय निर्वाचनका कारण उक्त अवधिमा छलफल गर्न नभ्याइने भएकाले नियमको सो प्रावधान निलम्बन गरिएको हो। 

प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्