Kathmandu Press

नुवाकोटका पाँच पालिकाकाे नतिजा : चारवटामा कांग्रेस र एउटामा एमाले विजयी

नुवाकोटमा पाँच स्थानीय तहकाे मतगणना सम्पन्न भएकाेमा चारवटामा नेपाली कांग्रेस र एउटामा एमाले विजयी भएका छन्।
नुवाकोटका पाँच पालिकाकाे नतिजा : चारवटामा कांग्रेस र एउटामा एमाले विजयी

नुवाकोट, जेठ ३ : नुवाकोटको पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेस र एउटामा एमाले विजयी भएका छन्। 

नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङले तीन हजार २०९ मत ल्याएर निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुकबहादुर तामाङले दुई हजार ५९२ मत ल्याएका छन्। आशा तामाङ अध्यक्षमा पुनः दोहोरिएकी छन्।

यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता तामाङ तीन हजार ७३१ मत ल्याएर निर्वाचित भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगामाया तामाङले २ हजार ४२ मत ल्याएकी छन्। 

त्यस्तै सोही गाउँपालिक वडा १ मा कांग्रेसका जीमाबहादुर तामाङ, वडा २ मा एमालेका सन्तवीर तामाङ, वडा ३ मा कांग्रेसका हरिबहादुर तामाङ, वडा ४ मा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ र  वडा ५ मा नेपाली कांग्रेसका जितबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन्। 

यस्तै, सूर्यगढी गाउँपालिकामा कांग्रेसका सन्तबहादुर तामाङ तीन हजार ७५९ मत ल्याएर निर्वाचित भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र रिजालले २ हजार ८८९ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसका मन्जु बुढाथोकी तीन हजार २०३ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निटकतम प्रतिद्वन्द्वी एमालेकी गंगा आचार्यले २ हजार ९३२ मत ल्याएका छन्। अध्यक्ष र उपाध्यक्षमा निर्वाचित तामाङ र बुढाथोकी दुवैले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। 

सूर्यगढीको वडा १ मा माओवादी केन्द्रका राजकुमार तामाङ, वडा २ मा कांग्रेसका दीपक अधिकारी, वडा ३ मा एमालेका पिङ्गलबहादुर थापामगर, वडा ४ मा नेपाली कांग्रेसका रामशरण राई र वडा ५ मा नेपाली कांग्रेसकै अच्युतराज ढकाल अध्यक्षमा निर्वाचित भएका छन्। 

यस्तै तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन्। तामाङले जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर पालिकाको अध्यक्षमा उम्मेदवारी दिएका थिए।

तामाङले ३ हजार २४१ मत ल्याएर निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका किरणकुमार रिजालले दुई हजार ५१८ मत ल्याएका छन्। 

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका सन्जु प्याकुरेल विजयी भएकी छन्। उनले ३ हजार ३ सय ९७ मत ल्याएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत ल्याएका हुन्। यसैगरी सो गाउँपालिकाको वडा १ मा कांग्रेसका नकुरदोङ तामाङ, वडा २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, वडा ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा ५ का एमालेका सरोज भण्डारी र वडा ६ मा माओवादी केन्द्रका शेरमान तामाङ निर्वाचित भएका छन्। 

यस्तै, तारकेश्वर गाउँपालिकामा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेशबहादुर वस्तीले ३ हजार ३४१ मत ल्याएका छन्। वस्ती २०७४ सालमा एमालेबाट अध्यक्षमा विजयी भएका थिए। 

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमालले चार चार ६५८ मत ल्याएर निर्वाचित भएका छन्। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कोपिता भट्टले तीन हजार ३९२ मत ल्याएकी छिन्। यो गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, माओवादी, नेकपा एसबीच गठबन्धन भएको थियो। 

वडाध्यक्षमा वडा १ मा कांग्रेसका चक्रबहादुर तामाङ, वडा २ मा एमालेका शिव पनेरु, वडा ३ मा कांग्रेसका सूर्यमान श्रेष्ठ, वडा ४ मा एमालेका हरिबहादुर पौडेल, वडा ५ मा कांग्रेसका अशोक तामाङ र वडा ६ एमालेका नारायणप्रसाद रिमाल निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजु अधिकारीले जानकारी दिए। 

यसैगरी किस्पाङको अध्यक्षमा एमालेका वीरबल तामाङ विजयी भएका छन्। उनी ३ हजार ६३८ मत ल्याएर निर्वाचित भएका हुन्। उहाँको निटकतम प्रतिद्वन्द्वी कांग्रेसका छत्रबहादुर लामाले तीन हजार ४५२ मत ल्याउनुभएको छ। लामा यसअघि किस्पाङको अध्यक्ष हुनुहुन्थ्यो। 

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपानेले तीन हजार ७१२ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीलकुमारी मोक्तानले तीन हजार १७७ मत ल्याएका छन्। किस्पाङमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। 

किस्पाङको वडाध्यक्षमा वडा १ मा कांग्रेसका पशुपति घले, वडा १ मा माओवादी केन्द्रका बद्रीप्रसाद देवकोटा, वडा ३ मा माओवादी केन्द्रका सुरेन्द्र तामाङ, वडा ४ कांग्रेसका विनोद तामाङ र वडा ५ मा कांग्रेसकै प्रकाश तामाङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। 

जिल्लाका अन्य स्थानीय तहमा मत गणना भइरहेको छ।

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्