Kathmandu Press

कांग्रेसद्वारा प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त

काठमाडाैं, जेठ ३ : नेपाली कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त गरेको छ।सामाजिक व्यक्तित्व देउवाको...
कांग्रेसद्वारा प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त

काठमाडाैं, जेठ ३ : नेपाली कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त गरेको छ।

सामाजिक व्यक्तित्व देउवाको ६७ वर्षको उमेरमा साेमबार राति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।
 
पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी उनको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

कांग्रेसले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। स्व. प्रेमबहादुरका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्