Kathmandu Press

पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

तानसेन, जेठ ३ :  रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका छन्। अध्यक्षमा विजयी...
पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

तानसेन, जेठ ३ :  रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका छन्। 

अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार ६४३ मत प्राप्त गरेका छन्भने उनका प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले छ हजार १४५ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले छ हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले पाँच हजार ७६१ मत प्राप्त गरे। 
       
आठ वडामध्ये सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भए। यस्तै नेकपा एमाले छहरा र सत्यवतीमा विजयी भएको छ भने सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यहाँ २०७४ को निर्वाचनमा कांग्रेस छ वडामा विजयी भएकोे थियो भने माओवादी र एमाले एक÷एक वडामा विजयी भएका थिए।  

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्