कांग्रेसको विरोधपछि रुपन्देहीको तिलोत्तमामा मतगणना स्थगित
काठमाडौं, जेठ ३ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ। मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो । तिलोत्तमा...
काठमाडौं, जेठ ३ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ। मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ।
तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६ र २ को मतगणना रोकिएको हो ।
मतगणनापछि सङ्ख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत सङ्ख्यामा फरक पर्न गएकाले वास्तविक तथ्याङ्क हेरेर गणना अगाडि बढाइने सहमति भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए।
अहिले मतगणनास्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।
प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











