Kathmandu Press

सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसका चाैहान निर्वाचित

ताप्लेजुङ, जेठ ३ : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित भएका छन्।  उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८...
सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसका चाैहान निर्वाचित

ताप्लेजुङ, जेठ ३ : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित भएका छन्।  

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। चौहानले  तीन हाजार ३४३ र चाम्लिङले तीन हजार २७५ मत प्राप्त गरेका छन्। 

यस्तै गाउँपालिकाका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चित्र माबो निर्वाचित भएका छन् । उनले नेकपा एमालेका तुलसा बस्नेतलाई एक हजारभन्दा बढी मतान्तरले पराजित गरे। औपचारिक घोषणा हुन भने बाँकी छ । 

यहाँका आठमध्ये चार वडामा कांग्रेस, दुईमा एमाले, एकमा माओवादी केन्द्र र एक स्वतन्त्रले वडाध्यक्षमा निर्वाचित भएका छन्। 

१ मतको अन्तरले उपाध्यक्षमा बन्दना निर्वाचित

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा १ मतको अन्तरले गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी बन्दना कडरिया निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जीवन ताम्लिङ्लाई १ मतले पछि पार्दै कडरिया उपाध्यक्षमा निर्वाचित भएकी हुन्। 

कडरियाले दुई हजार ३७६ मत प्राप्त गरेका छन् भने ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गरे। ताम्लिङ यसअघि गाउँपालिका उपाध्यक्ष थिए । माओवादी केन्द्रका ताम्लिङले कांग्रेससँग भएको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै एमालेसँग सहकार्य गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

प्रकाशित मिति: १६:२० बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्