धरान र इटहरीमा कांग्रेसको अग्रता
प्रदेश १ को धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
धरान, जेठ ३ : प्रदेश १ को धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार पछिल्लो मत परिणामअनुसार धरान उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसका किशोर राई तीन हजार चार मतसहित अग्रस्थानमा छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हर्कराज राईले २ हजार १२० मत र नेकपा एमालेमा मन्जु भण्डारी सुवेदीले दुई हजार १५ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम वेघा तीन हजार ३१९ र नेकपा एमालेका पदमप्रसद लिम्बूले दुई हजार ४६९ मत प्राप्त गरेका छन्।
धरानका पाँच वडाको मत परिणाम सार्वजनिक
धरान उपमहानगरपालिकाको वडा १ मा वडाध्यक्ष पदमा कांग्रेसका यज्ञमणि आचार्यले ७५५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका छन्।
वडा २ दुईमा वडाध्यक्षमा एमालेका रमेश राईले ७४८ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुधीरसिंह लिम्बूले ६२७ मत प्राप्त गरे।
वडा ३ मा वडाध्यक्ष पदमा कांग्रेसका विद्या शाक्यले एक हजार ८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गर्नुभएको थियो ।
वडा ४ को वडाध्यक्षमा एमालेका धनबहादुर राईले ८२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रबहादुर राईले ६१२ मत प्राप्त गरेका थिए।
यस्तै वडा ७ मा वडाध्यक्षमा नेकपा एमालेका जीवनराज सुवेदीले ६७९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्णमोहन पालिखे ५७२ मत प्राप्त गरे।
इटहरीमा कांग्रेसका हेमकर्ण पौडेल अगाडि
इटहरी उपमहानगपालिकाको प्रमुख पदमा कांग्रेसका हेमकर्ण पौडेलले ४ हजार १११ मत प्राप्त गरी अग्रस्थानमा छन् भने उनका प्रतिद्वन्द्वी एमालेका यामकुमार चुङ्गुवाङ सुब्बाले दुई हजार ५१२ मत प्राप्त गरी पछ्याइरहेका छन्।
यस्तै, उपप्रमुख पदमा एमालेका संगीताकुमार चौधरीले २ हजार ८९० र नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले २ हजार ५८० मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन्।
इटहरी उपमहानगपालिकाको वडा १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका रतन कार्कीले एक हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार राईले ९३५ मत प्राप्त गरेका थिए।
वडा २० मा वडाध्यक्ष पदमा कांग्रेसका मणिराम श्रेष्ठले २ हजार ४०६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनकुमार राईले १ हजार ५५८ मत प्राप्त गरेका थिए।











