पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा एमाले विजयी

पर्वत, जेठ ३ : पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। विजयी ईश्वरी भुसालले २७४३ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका छन्।
उपाध्यक्षमा विजयी धनसोभा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीराज हमालले १९६९ मत ल्याए।
महशिलाका छवटा वडामध्ये वडा नं ५ लुङ्खुदेउरालीमा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकी सबै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको छ।
प्रकाशित मिति: १६:१० बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











