Kathmandu Press

नवलपरासीकाे हुप्सेकोट अध्यक्ष-उपाध्यक्षमा कांग्रेस निर्वाचित

नवलपरासी, जेठ ३ : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।६ वटा वडा रहेको हुप्सेकोटमा...
नवलपरासीकाे हुप्सेकोट अध्यक्ष-उपाध्यक्षमा कांग्रेस निर्वाचित

नवलपरासी, जेठ ३ : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

६ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्। 

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माकाअनुसार अध्यक्षमा कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित भएकी हुन्। उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएकी थिइन्। पाण्डेले ६ हजार ४५५ प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका चेतबहादुर रानाले ५ हजार ७४१ मत प्राप्त गरे। 

उपाध्यक्षमा कांग्रेसकै पूर्णसिंह राना निर्वाचित भएका छन्। रानाले ६ हजार ७०५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी मनी पाण्डेले पाँच हजार ७३८ मत प्राप्त गरिन्। 

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्