ताप्लेजुङको फुङ्लिङमा कांग्रेसका मादेन एमालेकी ओझा विजयी
ताप्लेजुङ, जेठ ३ : ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ। आज सम्पन्न भएको मतगणनामा छ हजार १७९ मत...
ताप्लेजुङ, जेठ ३ : ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ। आज सम्पन्न भएको मतगणनामा छ हजार १७९ मत प्राप्त गदै कांग्रेसका उम्मेदवार अमिर मादेन विजयी भएको हो ।
मादेनले नेकपा एमालेका निकटतम प्रतिस्पर्धी छत्रपति प्याकुरेललाई दुई हजार २८७ मतान्तरले पछि पार्दै प्रमुख पदमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। प्याकुरेलले तीन हजार ८९२ मत ल्याए।
त्यस्तै चार हजार २७७ मत ल्याएर नेकपा एमालेका उम्मेदवार भीमादेवी ओझा उपप्रमुख पदमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ।
ओझाले प्रतिस्पर्धी माओवादी केन्द्रका बमबहादुर भट्टराईलाई ४३३ मतले पछि पार्दै विजयी भएका हुन्। भट्टराईले तीनहजार ८४४ मत प्राप्त गरेका थिए।
प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











