Kathmandu Press

दोलखाको मेलुङमा एमालेका थोकर अध्यक्षमा विजयी

दोलखाको मेलुङमा एमालेका थोकर अध्यक्षमा विजयी

दोलखा, जेठ ३ :  दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार हीराकुमार थोकर निर्वाचित भएका छन्। उपाध्यक्षमा एमालेकै गायत्री आचार्य निर्वाचित भएकी छन्।

थोकरले चार हजार ४४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समावजादीका रवीन्द्र कार्कीले दुई हजार ७०३ मत प्राप्त गरे।

उपाध्यक्षमा निर्वाचित एमालेका आचार्यले ४ हजार १४७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका भक्तबहादुर तामाङले दुई हजार १७५ मत प्राप्त गरेका छन्। 

सातवटा वडा रहेको गाउँपालिकामा एमालेले ४ वटा वडामा वडाअध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ।

गठबन्धनबाट तीन वडामध्ये समाजवादीले वडा २, माओवादीले वडा ५ र ६ मा विजयी भएको छ। 

प्रकाशित मिति: १५:५१ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्