सुन्दरबजारमा कांग्रेसका कोइराला निर्वाचित
लमजुङ, जेठ ३ : जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन्। साेमबार राति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी...
लमजुङ, जेठ ३ : जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन्। साेमबार राति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी भएका हुन्।
उनले ६ हजार ६४१ मत प्राप्त गर्नुभयो भने उनका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरेको सुन्दरबजारस्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
त्यस्तै, नगर उपप्रमुखमा एमालेकी भवानी केसी विजयी भएका छन्। उनले ५ हजार १८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामबाबु अधिकारीले २ हजार २०४ मत प्राप्त गरे भने स्वतन्त्रका द्वारिकाप्रसाद मिश्रले चार हजार ४७५ मत प्राप्त गरेका छन्।
नगरपालिकामा कुल मतदाता २० हजार ७९६ रहेको छ जसमा ९ हजार ९२७ पुरुष र १० हजार ८६९ महिला रहेका छन्। नगरपालिकामा ११ वडा छन्। निर्वाचनमा १४ हजार ५२ मत खसेको थियो।











