Kathmandu Press

१४ मतकाे झिनाे अन्तरले धनकुटामा एमाले विजयी

धनकुटा, जेठ ३ : धनकुटा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार चिन्तन तामाङ दोहोरिएका छन्। उनी ७ हजार ६ सय ६६ मतसहित विजयी भएका हुन्। उनका निकटतम...
१४ मतकाे झिनाे अन्तरले धनकुटामा एमाले विजयी

धनकुटा, जेठ ३ : धनकुटा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार चिन्तन तामाङ दोहोरिएका छन्। 

उनी ७ हजार ६ सय ६६ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसका दिनेश राईले सात हजार ६ सय ५२ मत ल्याए।

कांग्रेस जिल्ला सभापतिसमेत रहेका राई १४ मतान्तरले पराजित भएका हुन्।

उपमेयरमा पनि एमालेकै उम्मेदवार भीमादेवी खनाल ७ हजार १ सय ९६ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गणेश विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गरे।    

१० वडा रहेको नगरपालिकामा नेकपा एमाले वडा १, २, ४, ८ र ९ मा विजयी भएको छ भने कांग्रेस वडा ३, ५, ६, ७ र १० मा विजयी भएको छ।

प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्