Kathmandu Press

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर किशोरीको मृत्यु

लिवाङ, कात्तिक ७ :  रोल्पामा तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा पुरिँएर  एक किशोरीको मृत्यु भएको छ। 

रोल्पा नगरपालिक....

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर किशोरीको मृत्यु
सांकेतिक

लिवाङ, कात्तिक ७ :  रोल्पामा तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा पुरिँएर  एक किशोरीको मृत्यु भएको छ। 

रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताए। रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ। प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिए। 
 
घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशैंतिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन्। 

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, कात्तिक ७, २०७६