Kathmandu Press

बन्दीपुरको अध्यक्षमा एमालेका सुरेन्द्र थापा विजयी

बन्दीपुरको अध्यक्षमा एमालेका सुरेन्द्र थापा विजयी

तनहुँ, जेठ ३ : बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापाले ३ हजार २ सय २५ मत ल्याएर विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पूर्णसिंह थापाले तीन हजार एक सय छैसठ्ठी मत प्राप्त गरेका हुन्। 

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ ३ हजार २७  मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी करुणा गुरुङले ३ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बन्दीपुरमा कुल १० हजार २ सय ५ मत खसेको थियो। 

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्