Kathmandu Press

रसुवाको नौकुण्डमा कांग्रेस विजयी

रसुवा, जेठ ३ : नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले ३ हजार ४ सय ७४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम...
रसुवाको नौकुण्डमा कांग्रेस विजयी

रसुवा, जेठ ३ : नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले ३ हजार ४ सय ७४ मत प्राप्त गरी विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत कल्पनाकुमारी खतिवडाले जानकारी दिए। यसअघि  लामा सोही गाउँपालिकाको उपाध्यक्ष थिए। 

यसैगरी उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २ हजार ९ सय ४ मत प्राप्त गरी विजय भएका छन्। उनको प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका भुमे लामाले १ हजार ९ सय ५१ मत प्राप्त गरेकी हुन्।        

यस्तै सो गाउँपालिकाको ६ वडामध्ये १, ४, ५ मा कांग्रेसका क्रमशः कान्छा तामाङ, ज्ञानी वाइवा र श्यामबहादुर थिङ, वडा २, ३, ६ मा एमालेका क्रमशः ङाफुबाबु थोक्रा, नोकेन्द्रदेव नेकोर र योनुर्पु तामाङ अध्यक्षमा विजय भएका छन्। गोसाइँकुण्ड, आमाछोदिङमाे, कालिका, उत्तरगया गाउँपालिकाको मत परिमाण यसअघिनै घोषणा भइसकेको छ।

प्रकाशित मिति: १५:०९ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्