सिन्धुलीको हरिहरपुरगढीमा माओवादीका वाइबाको जित
सिन्धुली, जेठ ३ : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीका बज्रध्वज वाइबा निर्वाचित भएका छन्।१ हजार ११३...
सिन्धुली, जेठ ३ : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीका बज्रध्वज वाइबा निर्वाचित भएका छन्।
१ हजार ११३ मतको फराकिलो अन्तरसहित वाइबाले जम्मा ४ हजार ७२९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका मानबहादुर वाइबाले ३ हजार ६१६ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङले ५ हजार ७ सय ३ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेकी निर्मला ठाडा मगरले २ हजार ८५५ मत प्राप्त गरे।
गाउँपालिकामा ८ वटा वडा छन्। वडा १ मा एमाले, २ मा कांग्रेस वडाध्यक्षसहित प्यानलै निर्वाचित भएको छ भने ३ देखि ८ सम्मका ६ वडामा माओवादी अध्यक्षसहित प्यानलमै निर्वाचित भएको छ।
वडा १ मा एमालेका जीतबहादुर थिङ, २ मा कांग्रेसका विश्व राई, ३ मा माओवादीका कुलबहादुर भोलन, ४ मा कमलकुमार राई, ५ मा साइला लामा, ६ मा एकबहादुर मोक्तान, ७ मा बिचबहादुर मोक्तान, ८ मा धनबहादुर मोक्तानको प्यानल विजयी भएको छ।











