गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादीका श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसकी विसुराल विजयी
गजुरी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका एमाले उम्मेदवार राजेन्द्र विक्रम बस्नेतलाई २ हजार मतान्तरले पराजित गर्दै गणेशलाल श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन्। श्रेष्ठले ६ हजार ३०८ मत पाउँदा बस्नतेले ४ हजार ५१ मत ल्याए।
काठमाडौं, जेठ ३ : धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी भएका हुन्।
गजुरी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका एमाले उम्मेदवार राजेन्द्र विक्रम बस्नेतलाई २ हजार मतान्तरले पराजित गर्दै गणेशलाल श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन्। श्रेष्ठले ६ हजार ३०८ मत पाउँदा बस्नतेले ४ हजार ५१ मत ल्याए।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार शर्मिला विसुराल निर्वाचित भइन् । उनले ५ हजार ६९९ मत प्राप्त गरिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी भगवती खतिवडाले ३ हजार ५९२ मत ल्याइन्।
गजुरी गाउँपालिकाको वडा नं १, ५, ६, ७, ८ को वडा अध्यक्षमा माओवादी केन्द्र र वडा नं २, ३, ४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा तारानाथ भण्डारीले ६ सय ९०, वडा नं २ मा द्रोण कडेंलले ६ सय ७१, वडा नं ३ मा ऋषिलाल श्रेष्ठले ४ सय ६९, वडा नं ४ मा सुरेन्द्र प्रजाले ८ सय ८० मत ल्याए ।
त्यस्तै वडा नं ५ मा गोविन्द लामिछानेले एक हजार १३, वडा नं ६ मा भक्तबहादुर तामाङले एक हजार दुई सय ५, वडा नं ७ मा बद्री प्रसाद जमकट्टेलले ७ सय ७१ मत, वडा नं ८ मा देवराज ओझाले ९ सय ४६ मत ल्याए ।