Kathmandu Press

जुम्लाको पातारासीमा अध्यक्ष कांग्रेस, उपाध्यक्षमा माओवादी

जुम्ला, जेठ ३ : जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्ष पदका कांग्रेसका उम्मेदवार पूर्णसिंह बोहोराले...
जुम्लाको पातारासीमा अध्यक्ष कांग्रेस, उपाध्यक्षमा माओवादी

जुम्ला, जेठ ३ : जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। 

अध्यक्ष पदका कांग्रेसका उम्मेदवार पूर्णसिंह बोहोराले दुई हजार ७६८  मत ल्याई विजयी भएका हुन्। उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवार हरिबहादुर बुढाले दुई हजार ६६८ मत ल्याए  । त्यस्तै उपाध्यक्षमा माओवादीका  जनमाया रोकाया विजयी भएका छन्। उनले दुई हजार ७५४  मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी शान्ति बुढाले दुई हजार ४६३ मत ल्याएको गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय पातारासीले जनाएको छ। 

सो गाउँपालिकामा अघिल्लो स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष कांग्रेसका उम्मेदवार विजयी भएका थिए । जिल्लाको चन्दननाथ नगरपालिका, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाको अन्तिम मत परिमाण आउन बाँकी छ । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको छ।  

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्