Kathmandu Press

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुर, जेठ ३ : मकवानपुरको तीनवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का देवकृष्ण पुडासैनी र उपाध्यक्ष...
मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुर, जेठ ३ : मकवानपुरको तीनवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएका छन् भने भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेस सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्।

त्यस्तै कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका लोक मुक्तान र उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल निर्वाचित भएका हुन्।

इन्द्रसरोवरमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित पाँच वटामध्ये दुई वटावडामा नेतृत्व गरेको छ भने भीमफेदी गाउँपालिकामा अध्यक्षसहित ९ मध्ये ५ वडामा नेतृत्व गरेको छ।

भीमफेदीको उपाध्यक्षमा गठबन्धनका  कांग्रेस र माओवादीले क्रमश ३ र १ नम्बर वडामा नेतृत्व हात पारेको छ। कैलाश गाउँपालिकामा भने अध्यक्ष तथा उपाध्यक्ष गठबन्धनले जित्दा पाँच वडामा नेपाली कांग्रेस विजयी भएको छ भने एमाले र माओवादी केन्द्र क्रमशः ४ र १ वडामा विजयी भएको छ।

जिल्ला निर्वाचन कार्यालयले अब मकवानपुरगढी गाउँपालिकाको ८ वडामध्ये दुईवटामा मात्रै मत गन्न बाँकी रहेको र मनहरी, बकैया र राख्सिराङ गाउँपालिकाको अन्तिम परिणाम आजै रातिसम्म आउने जनाइएको छ।

मनहरि, बकैया र वाग्मती गाउँपालिकाको पनि मतगणना जारी रहेको छ। थाहा नगरपालिकाको आठ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकासहित पाँच वटा गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन्।

 हेटौँडा उपमहानगरपालिकाको चारवटा वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। वडा १ मा गठबन्धनका सविन न्यौपाने, २ मा पनि गठबन्धनकै विष्णु गोपाल महर्जन निर्वाचित हुनुभएको छ भने १८ नम्बरमा एमालेका अनिल बानियाँ र १९ नम्बरमा पनि एमालेकै नरनाथ सुवेदी निर्वाचित भएका छन्।

 कुल १९ वटा वडा रहेको हेटौँडामा चारवटा वडाको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख तथा उपप्रमुखका उम्मेदवार भएकाद्वय मीना लामा र राजेश बानियाँले अग्रता कायमै राखेका छन्। मतगणना जारी रहेको जनाइएको छ।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्