Kathmandu Press

भरतपुरमा रेणु दाहाल ९२ मतले अगाडि, पछ्याउँदै विजय सुवेदी

पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले ६ हजार २०७ मतका साथ अग्रता लिएकी हुन्।
भरतपुरमा रेणु दाहाल ९२ मतले अगाडि, पछ्याउँदै विजय सुवेदी

चितवन, जेठ ३ : भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। 

पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले ६ हजार २०७ मतका साथ अग्रता लिएकी हुन्।

एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार १  सय १५ मतका साथ उनलाई पच्छ्याइरेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत प्राप्त गरेका छन्। 

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५५८ र राप्रपाका हिमला गुरुङले ५ हजार १० मत प्राप्त गरेका छन्। भरतपुर महानगरपालिका-५ को एक हजार ३१७ मत गणना हुँदा वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले ५७८ मत र एमालेका पदमपाणि सुवेदीले ५७२ मत प्राप्त गरेका छन्।  

यसअघि महानगरको वडा १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भइसकेका छन्। वडा ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन्।

भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका चार पालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै छ।

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्