Kathmandu Press

बुटवल उपमहानगरमा गठबन्धनका उम्मेदवार पाण्डेको फराकिलो अग्रता 

काठमाडौं, जेठ ३ : बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार...
बुटवल उपमहानगरमा गठबन्धनका उम्मेदवार पाण्डेको फराकिलो अग्रता 

काठमाडौं, जेठ ३ : बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार प्रमुख पदमा मतान्तर बढेर दुई हजार ९४० पुगेको छ।

पछिल्लो परिणामअनुसार गठबन्धनबाट प्रमुख पदका कांग्रेस उम्मेदवार खेलराज पाण्डेले १० हजार ६११ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बाबुराम भट्टराईले सात हजार ८२ मतकासाथ पाण्डेलाई पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचन दुई हजार ६४ मतका साथ तेस्रो स्थानमा छन्। 

उपप्रमुखमा एमालेकी सावित्रा अर्याल अगाडि छन् । उनको सात हजार ८८३ मत पुग्दा गठबन्धनमा एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङको पाँच हजार ६८२ मत पुगेको छ । राप्रपाकी भगवती पाण्डेको दुई हजार ६४ मत रहेको छ । 

बुटवल उपमहानगरको वडा नं १ मा स्वतन्त्र उम्मेदवार, वडा नं २ को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) र सदस्य एमालेबाट विजयी भएका छन् । वडा नं ३ मा माओवादी केन्द्र, वडा नं ४, १६, १७ र मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं १८ र १९ मा एमालेले जित हासिल गरेको छ।

प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्