Kathmandu Press

ढोरपाटन नगरप्रमुखमा एमालेका देवकुमार दोस्रो कार्यकालका लागि  निर्वाचित 

बागलुङ, जेठ ३ : बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी भएका छन्। गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित...
ढोरपाटन नगरप्रमुखमा एमालेका देवकुमार दोस्रो कार्यकालका लागि  निर्वाचित 

बागलुङ, जेठ ३ : बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी भएका छन्। 

गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । नेपालीले पाँच हजार ७३५ मत प्राप्त गर्दा अर्यालले पाँच हजार १३५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका धनबहादुर कायत विजयी भएका छन् । कांग्रेसका कायतले पाँच हजार ६५० मत प्राप्त गरेका छन्। 

यस्तै वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बानबहादुर छन्त्याल ६८२, वडा नम्बर २ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री ७२८ मत प्राप्त गरी विजयी भएका हुन्। 

वडा नम्बर ३ को अध्यक्षमा एमालेका खिमबहादुर सुनार ५९०, ४ को अध्यक्षमा एमालेका तिलक पुन ९०५, ५ मा एमालेका दीपेन्द्र पुनमगर ७९७, ६ मा एमालेका उमेशकुमार बुढामगर ७८१, ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै ४९७, ८ मा माओवादीका भद्रमणि सुनार ७०९ र वडा नम्बर ९ मा एमालेका खीमबहादुर घर्ती मगर ४०२ मतले विजयी भएका छन्। 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्