तनहुँको आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी
आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएकी छन्।
तनहुँ, जेठ ३ : तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएकी हुन्।
अध्यक्षमा चुमान तीन हजार ९४० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भइन् । उनकी प्रत्यासी कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गरिन्।
६ वटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ। माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको छ । कांग्रेसले वडा नं ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नं ६ मा विजय हासिल गरेको छ ।
प्रकाशित मिति: १२:१० बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











