धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनको जित
धादिङ, जेठ ३ : रुबीभ्याली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा...
धादिङ, जेठ ३ : रुबीभ्याली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामसिंह तामाङले दुई हजार ७९२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का गोम्बा घलेले दुई हजार ५९७ मत प्रप्त गरे।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फे लामा तामाङले दुई हजार ९०३ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार १३२ मत प्राप्त गरे।
थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











