Kathmandu Press

ओखलढुंगाको सिद्धिचरण नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

ओखलढुंगा, जेठ ३ : सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी...
ओखलढुंगाको सिद्धिचरण नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

ओखलढुंगा, जेठ ३ : सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत ल्याएका छन्।  

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का केदारबाबु बस्नेतले पाँच हजार ६९८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका  निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रुपेश शाक्यले पाँच हजार १५२ मत प्राप्त गरेका छन्। 
 
नगरपालिकामा जन्तरखानीबाहेक सबै तहमा कांग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये कांग्रेसले नौ वडा जितेको छ भने एमालेले दुई र माओवादीले एक वडा जितेको छ।  कांग्रेसबाट वडा नं १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कटवाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन्।

एमालेबाट वडा नं ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडा नं २ मा माओवादीका वसन्त कटवाल विजयी भएका छन् । 

मोलुङमा  एमाले विजयी 

मोलुङ गाउँपालिकामा एमालेका उम्मेदवार उत्तम राइले चार हजार ५२ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले तीन हजार ४६२ मत पाए । यसैगरी  उपाध्यक्षमा एमालेका उर्मिला खतिवडाले चार हजार २०० प्राप्त गरी विजयी भएका छन्।  मोलुङका आठवडा मध्ये पाँच वडा एमाले र तीन वडामा कांग्रेसले जितेको छ। 

एमालेबाट वडा नं १ मा कमल बानियाँ, ३ मा मित्रबहादुर सुनुवार, ६ मा कमल तामाङ, ७ मा हेमबहादुर सुनुवार र ८ मा सुधिर राई विजयी भएका छन्। कांग्रेसबाट वडा नं २ मा टङ्क कार्की, ४ मा भोलाराज राई र ५ मा गोपी कार्की विजयी भएका छन्। 

प्रकाशित मिति: ११:३० बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्