सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
काठमाडौं, जेठ ३ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका...
काठमाडौं, जेठ ३ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे।
यसैगी उपप्रमुखमा कांग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गरेका थिए।
प्रकाशित मिति: ११:०८ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











