कपुरकोट गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादी विजयी
काठमाडौं, जेठ ३ : सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका...
काठमाडौं, जेठ ३ : सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारीले तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छ्न। छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन्।
दश वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ ।
हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर , वनगाड कुपिण्डे नगरपालिका सहित र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ।











