Kathmandu Press

सल्यानको शारदा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी 

नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रकाश भण्डारी  ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका हुन्।
सल्यानको शारदा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी 

सल्यान, जेठ ३ : सल्यानको शारदा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।  

नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रकाश भण्डारी  ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त ल्याए। 

यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त  विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरे । 

शारदा नगरपालिकामामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो। 

नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच  र माओवादी र  समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन्।


 

प्रकाशित मिति: १०:५१ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्