गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा कांग्रेस विजयी
अध्यक्षमा कांग्रेसका खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत ल्याए।
काठमाडौं, जेठ ३ : रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन्। मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिका अध्यक्षमा काजीबहादुर खड्का र उपाध्यक्षमा उषादेवी कार्की निर्वाचित भएका हुन्।
अध्यक्षमा कांग्रेसका खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत ल्याए।
उपाध्यक्षमा कांग्रेसकी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर जित्दा उनका प्रतिद्वन्द्वी एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मत प्राप्त गरिन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकामा एमालेबाट खड्ग सुनुवार र राधिका श्रेष्ठ निर्वाचित भएका थिए।
प्रकाशित मिति: १०:२७ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार