हेटौंडामा राप्रपा उम्मेदवारले लिए अग्रता
हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले अग्रता लिएका छन्।
हेटौंडा, जेठ ३ : हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले अग्रता लिएका छन्।
मंगलबारबिहान ८ बजेसम्म हेटौंडामा २२ हजार ८५० मत गणना भएको छ। जसमध्ये राप्रपाका दीपकबहादुर सिंहले आठ हजार २६५ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार मिना लामाले आठ हजार ६७ मत पाएका छन्। यसअघि उनी अग्रता लिँदै आएकी थिइन्।
त्यस्तै, एमाले उम्मेदवार अनन्त पौडेल तेस्रो नम्बरमा छन्। उनले ६ हजार ५२१ मत पाएका छन्।
प्रकाशित मिति: ०८:२३ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











