Kathmandu Press

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ३२ सय मतले अगाडि

धनगढी, जेठ ३ : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्।आज बिहानसम्म १४ हजार ७३६ मत गणना हुँदा हमाल...
धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ३२ सय मतले अगाडि

धनगढी, जेठ ३ : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्।

आज बिहानसम्म १४ हजार ७३६ मत गणना हुँदा हमाल तीन हजार २४२ मतले अगाडि छन्। उनले ६ हजार ५९६ मत पाएका छन्।

त्यस्तै, गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले तीन हजार ३५४ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेकपा (एमाले) का उम्मेदवार रणबहादुर चन्दले एक हजार ६७४ मत पाएका छन्।

उपमेयरमा नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारीले दुई हजार ९४०, एमालेकी कन्दकला रानाले दुई हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले एक हजार ६४७ मत पाएका छन्।

धनगढीमा ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्