Kathmandu Press

धवलागिरिमा गठबन्धनका उम्मेदवार विजयी

म्याग्दी, जेठ ३ : म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन्।स्थानीय तह चुनावमा धवलागिरिमा...
धवलागिरिमा गठबन्धनका उम्मेदवार विजयी

म्याग्दी, जेठ ३ : म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन्।

स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस–माओवादीले तालमेल गरेका थिए। गठबन्धनबाट अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले तीन हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले दुई हजार ८१२ मत पाएका छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा प्रगति कार्कीले दुई हजार ६१८ मत पाएका छन्। सात वडा रहेको धवलागिरिमा कांग्रेसले तीन, एमालेले तीन र माओवादीले दुई वडामा अध्यक्ष जितेका छन्।

वडा नं १ मा गठबन्धनबाट माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित भएका छन्।

वडा सदस्य गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। दश हजार ९४० मतदाता रहेको धवलागिरिमा ६१ दशमलव १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको थियो । ३७ पदका लागि ८४ प्रतिस्पर्धामा थिए।

प्रकाशित मिति: ०७:३० बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्