Kathmandu Press

कीर्तिपुरको मेयरमा कांग्रेसका नकर्मी निर्वाचित

काठमाडौं, जेठ ३ : कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका छन्।उनले नौ हजार ४३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी...
कीर्तिपुरको मेयरमा कांग्रेसका नकर्मी निर्वाचित

काठमाडौं, जेठ ३ : कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका छन्।

उनले नौ हजार ४३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्य निर्वाचित भएकी छन्। उनले आठ हजार ६६५ मत पाएकी छन्। शाक्य रुख चिह्नमै चुनाव लडेकी थिइन्।

उनका प्रतिस्पर्धी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत पाएकी छन्।

प्रकाशित मिति: ०६:५५ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्