डेंगुका कारण चितवनमा थप एकको मृत्यु
चितवन, कात्तिक ७ : डेंगुका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय, चितवनका अनुसार, चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीय....

चितवन, कात्तिक ७ : डेंगुका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय, चितवनका अनुसार, चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो।
कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो।
यसअघि एक जनाको डेङ्गु र एक जनाको स्क्रवटाईफसबाट मृत्यु भएको थियो। हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ।
भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेङ्गु क्रमशः घट्दै गएको छ। (रासस)
प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, कात्तिक ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












