काठमाडौंमा बालेन साह ४५ सय मतले अगाडि
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता झन बढाएका छन्।
काठमाडौं, वैशाख ३ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता झन बढाएका छन्।
आज बिहानसम्मको मतगणनाअनुसार, साहले नौ हजार ६०५ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले पाँच हजार १०४ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन्। सिंहले चार हजार ४८३ मत पाएकी छन्।
स्वतन्त्र उम्मेदवार साह शुरुआतदेखि नै अगाडि छन्। उनले हरेक पटकमा अग्रता बढाउँदै लगेका छन्।
प्रकाशित मिति: ०६:२४ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











