Kathmandu Press

उदयपुरको ताप्लीमा माओवादी र उदयपुरगढीमा नेकपा एस विजयी

उदयपुर, जेठ २ : उदयपुरको ताप्ली गाउँपालिकामा सत्तागठबन्धनबाट माओवादीका ढुङ्गराज विश्वकर्मा विजयी भएका छन्। अध्यक्ष निर्वाचित विश्वकर्माले १ हजार ७ सय ८७ मत...
उदयपुरको ताप्लीमा माओवादी र उदयपुरगढीमा नेकपा एस विजयी

उदयपुर, जेठ २ : उदयपुरको ताप्ली गाउँपालिकामा सत्तागठबन्धनबाट माओवादीका ढुङ्गराज विश्वकर्मा विजयी भएका छन्। अध्यक्ष निर्वाचित विश्वकर्माले १ हजार ७ सय ८७ मत ल्याइउँदा एमालेका बाबुराम राईले १ हजार ७ सय ४९ मत ल्याए।

यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलको तर्फबाट उम्मेदवारी दिएकी कांग्रेसकी धनमाया मगरले विजयी भइन्। उनले एमालेकी मनकुमारी थापालाई १ हजार २ सय ८० मतान्तरले जित निकालिन्।  मगरले २ हजार ५ सय ८६ मत ल्याउँदा थापाले १ हजार ३ सय ७० मतमात्रै प्राप्त गरिन् ।

यस्तै, उदयपुरकै उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् । सत्ता गठबन्धनका केप्छाकी मगर यसअघि एमालेबाट अध्यक्ष बनेका थिए।

केप्छाकी मगरले ४ हजार ९ सय ४२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमलेका गोपाल खत्रीले ४ हजार १ सय १४ मत ल्याए ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसका जितबहादुर खड्का ४ हजार ६ सय ४८ मत ल्याउँदै विजयी भए। उनका प्रतिद्वन्द्वी एमालेकी शोभाकुमारी मगरले ३ हजार ८ सय ६३ मत ल्याइन्।

अहिले निर्वाचित केप्छाकी मगरले २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका जितबहादुर खड्कालाई १ हजार ४ सय ४४ मतान्तरले हराएका थिए ।

प्रकाशित मिति: २३:५७ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्