खिजीदेम्बाबाट जसपाले खोल्यो पालिकामा खाता
शेर्पाले २ हजार ८ सय ८२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी भूपेन्द्र बस्नेतले २ हजार ७ सय ५२ मत ल्याए।
साेलुखुम्बु, जेठ २ : जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा पहिलो पालिकामा जित निकालेको छ। जसपाले ओलढुंगाको खिजीदेम्बामा गाउँपालिकाको अध्यक्षमा जित निकाल्दै खाता खोजेको हो।
खिजीदेम्बाको अध्यक्षमा जसपाका गम्बु शेर्पा निर्वाचित भएका हुन्। शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतले पराजित गरे।
शेर्पाले २ हजार ८ सय ८२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी बस्नेतले २ हजार ७ सय ५२ मत ल्याएका थिए। एमालेका रामबहादुर खत्रीले १ हजार ७ सय १५ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भइन्। उनले २ हजार ८ सय २४ मत ल्याउँदा जसपाकी मानकुमारी तामाङले २ हजार २ सय ४१ मत ल्याइन्।
प्रकाशित मिति: २३:४० बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











