Kathmandu Press

रामधुनीमा एमालेका शंकरलालको अग्रता कायमै, कांग्रेसका सुदीप पछ्याउँदै 

काठमाडौं, जेठ २ :  सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा नेकपा एमालेका शंकरलाल चौधरीले अग्रता कायमै राखेका छन्। सुरुआतदेखि नै अग्रता कायम गरेका शंकरलाल चौधरीले करिब...
रामधुनीमा एमालेका शंकरलालको अग्रता कायमै, कांग्रेसका सुदीप पछ्याउँदै 

काठमाडौं, जेठ २ :  सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा नेकपा एमालेका शंकरलाल चौधरीले अग्रता कायमै राखेका छन्। 

सुरुआतदेखि नै अग्रता कायम गरेका शंकरलाल चौधरीले करिब १ हजार ४ सय ५० अमतको अग्रता लिएका छन्।

११ हजार ७ सय १२ मत गनिसक्दा शंकरलालले ५ हजार ७ सात ४३ मत ल्याउँदा कांग्रेसका सुदीप अधिकारीले ४ हजार २ सय ९३ मत ल्याएका छन्। 

यस्तै, उपमेयरमा पनि एमालेले नै अग्रता बनाएको छ। एमालेकी तारा थापाले ५ हजार ४८ मत ल्याउँदा कांग्रेसकी आशाकुमारी चौधरीले ३ हजार ९ सय ५९ मत ल्याएकी छिन्। 

रामधुनीमा अहिले ३, ४ र ५ नम्बर वडाको मत गणना भइरहेको छ। वडा नं। १ मा कांग्रेस र २ मा एमालेको प्यानल नै विजयी भएको छ।

प्रकाशित मिति: २०:३९ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्