Kathmandu Press

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किए

काठमाडौं, जेठ २ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...
भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किए

काठमाडौं, जेठ २ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।

नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका हुन् ।

अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक बिदाइ गरे ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनि बिदाइ गरेका थिए ।

एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान लुम्बिनी आएका थिए । 

प्रकाशित मिति: १९:४७ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्