Kathmandu Press

टोखा नगरपालिको प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौं, जेठ २ : काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिएकी छिन् ।१४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी...
टोखा नगरपालिको प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौं, जेठ २ : काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिएकी छिन् ।

१४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले पाँच हजार ५६० मत ल्याई अग्रता लिएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार प्रकाश अधिकारीले पाँच हजार ३५८ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । 

तामाङले पाँच हजार ५१७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमायाँ डङ्गोलले पाँच हजार ५१ मत प्राप्त गरेकी छिन् । टोखाको हालसम्म पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको छ ।

जसमध्ये वडा नं १ को अध्यक्षमा कांग्रेसका उम्मेदवार रमेशकुमार लामिछाने, वडा नं २ को अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ को अध्यक्षमा एमालेका रमेश डङ्गोल, वडा नं ४ को अध्यक्षमा एमालेकै धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ को अध्यक्षमा पनि एमालेका उम्मेदवार मदन गुरुङ विजयी भए । 

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्