स्याङ्जाको भीरकोट प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी, एक वडा अध्यक्षमा खुम्चियो एमाले
काठमाडौं, जेठ २ : स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दकुमार कर्मचार्य र भगवती रेग्मी निर्वाचित भएका छन्।...
काठमाडौं, जेठ २ : स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दकुमार कर्मचार्य र भगवती रेग्मी निर्वाचित भएका छन्।
प्रमुख कर्माचार्यले प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ र उपप्रमुख रेग्मीले सरस्वती अधिकारीलाई २ हजार २८१ मत पछि पार्दै विजयी भएका हुन्।
कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत पाएका छन्। उपप्रमुखमा रेग्मीले ७ हजार १७९ मत पाउँदा उनका प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ८९८ मत प्राप्त गरिन्।
९ वटा वडा रहेको नगरपालिकाको वडा नं ६ बाहेक सबै वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार विजयी भएका छन्। वडा नं. ६ को अध्यक्ष पदमा मात्रै नेकपा एमाले निर्वाचित भएको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिका कांग्रेसले जितेको थियो ।











