एमाले जिल्ला अध्यक्षलाई हराउँदै स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका भट्टराई विजयी
कांग्रेसका गुरुप्रसाद भट्टराई ९,६२१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैह्रे पारसलाई पराजित गर्दै विजयी भएका हुन्।
काठमाडौं, जेठ २ : स्याङजा गल्याङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका गुरुप्रसाद भट्टराई ९,६२१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैह्रे पारसलाई पराजित गर्दै विजयी भएका हुन्। पराजित पारस एमाले स्याङ्जा अध्यक्ष हुन् भने विजयी भएका भट्टराई कांग्रेस जिल्ला सचिव हुन् । एमालेका मेयर पदका उम्मेदवार गैह्रेले ८,९२२ मत ल्याए।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसका हेमा न्यौपाने ९,११८ मतसहित विजयी भएकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी देवीसरा थापाले ९,०५५ मत ल्याइन्।
नगरपालिकाको वडा नं. १, ३, ४, ६, ९ र १० गरी ६ वटा वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरू विजयी भएका छन्।
त्यसैगरी, वडा नं. २, ७, ८ र ११ मा नेकपा एमाले र वडा नं. ५ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका भूपराज अधिकारी विजयी भएका थिए ।











